बागलुङबाट १४ सांसद छौँ, विकासको काममा राजनीतिभन्दा माथि उठेर काम गर्छौं : देवीप्रकाश भट्टचन

ढोरपाटन । एमालेका सांसद देवीप्रकाश भट्टचनले बागलुङको विकासका लागि सबै राजनीतिक दलका सांसद र नेताहरू एक भएर लाग्ने बताएका छन् ।

सोमबार बागलुङमा ढोरपाटन नगरपालिकाका नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भट्टचलने ढोरपाटनको विकासका लागि आफ्नो सहयोग रहने बताए । उनले सबै राजनीतिक दलका सांसद र नेताहरूले बागलुङको विकासमा दलीय राजनीतिबाट माथि उठेर काम गर्ने बताए ।

सांसद भट्टचनले विकासको लागि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले ढोरपाटनमा कामहरू भए पनि तिव्रताका साथ काम अगाडि बढ्न नसकेको स्वीकार गरे ।

सांसद भट्टचनले भने, ‘हामीले गर्व गर्नुपर्छ । बागलुङ जिल्लामा १४ जना सांसद हुनुहुन्छ । ३ जना संघीय सांसद । ११ जना प्रदेश सभा सदस्यहरू हुनुहुन्छ ।’

ढोरपाटन क्षेत्रमा विजुली उपत्पादनका लागि पहल भइरहेको एमालेका सांसद भट्टचनले बताएका छन् । उनले ८२१ मेगावाटको जलविद्युत आयोजनाका लागि अनुमति लिने काम भएको पनि बताए ।

Published : Tuesday, 2025 February 4, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया