कांग्रेस–एमाले गठबन्धनको सरकार सफल बनाउन तरुणहरूले भूमिका खेल्नुपर्छ : अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस र एमालेको गठबन्धनमा सरकार बनेको भन्दै सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल विद्यार्थी संघ हुम्ला–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले सरकारलाई सफल बनाउन युवा र विद्यार्थीको विशेष भूमिका रहने बताए । उनले सरकार बनेपछि सुधारका राम्रा कामहरू भइरहेको बताए ।
उनले भने, ‘युवा र विद्यार्थीको काँधमा ठूलो जिम्मेवारी छ । सरकार नेपाली कांग्रेस र एमालेको बीचमा बनेको छ । सरकारलाई सफल बनाउनुपर्छ । तरुणहरूको भूमिका विशेष छ ।’
कांग्रेस र एमालेबीच बनेको अहिलेको सरकारले गरेका कामप्रति सत्ताभन्दा बाहिर रहेका दलहरूलाई मन नपरेको अध्यक्ष गुरुङले बताए । सरकारले गर्ने राम्रो कामहरूको सबैले प्रशंसा गर्नुपर्ने उनले बताए ।
नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउतले पनि सरकारको बचाउ गरेकी छिन् । उनले सरकारलाई सफल बनाउन महिलाहरूले पनि भूमिका खेल्ने बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया