भीमफेदीमा प्रहरी चेकजाँच, लागुऔषध सेवन गरेका चालकहरू पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँने २ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
माघ १७ गते मकवानपुर प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङमा खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई जना चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ बाघझोरास्थित त्रिभुवन सडक खण्डमा सवारी साधनहरू चेकजाँच गर्दा ना १ ज ५४४६ नम्बरको सुमो चालक काठमाडौं दक्षिणकाली नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३५ का सन्तोष संजेल र ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ का सुविन पहरीलाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
चालकहरूप्रति आशंका लागेपछि ड्रग्स टेष्ट किटबाट स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दा कसूरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया