परराष्ट्रमन्त्री डा.राणाको प्रयासपछि रिहा हुने सूचीमा विपिनको नाम

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कुटनीतिक प्रयासपछि गाजामा हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा परेका छन् ।
इजरायलबाट जोशीलाई हमासले अपहरण गरेर लगेको थियो । जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा.राणाले ठूलो प्रयासहरू गर्दै आएकी थिइन् । रिहा हुने सूचीमा जोशीको नाम पनि रहेको टाइम्स अफ इजरायलले जनाएको छ । जोशी दोस्रो चरणमा छुट्न लागेका छन् ।
गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
बन्धक बनाइएका थुप्रै नागरिकहरूलाई हमासले पहिलो चरणमा छाडेको थियो । त्यस बेला जोशीलाई छाड्नका लागि प्रयास भएपछि छुटेका थिएनन् ।
Published : Wednesday, 2025 January 29, 11:52 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया