परराष्ट्रमन्त्री डा.राणाको प्रयासपछि रिहा हुने सूचीमा विपिनको नाम
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कुटनीतिक प्रयासपछि गाजामा हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा परेका छन् ।
इजरायलबाट जोशीलाई हमासले अपहरण गरेर लगेको थियो । जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा.राणाले ठूलो प्रयासहरू गर्दै आएकी थिइन् । रिहा हुने सूचीमा जोशीको नाम पनि रहेको टाइम्स अफ इजरायलले जनाएको छ । जोशी दोस्रो चरणमा छुट्न लागेका छन् ।
गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
बन्धक बनाइएका थुप्रै नागरिकहरूलाई हमासले पहिलो चरणमा छाडेको थियो । त्यस बेला जोशीलाई छाड्नका लागि प्रयास भएपछि छुटेका थिएनन् ।
Published : Wednesday, 2025 January 29, 11:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया