पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’को धमाका प्रचार

पोखरा । पोखरामा जारी ३३औं औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा–२०८१ मा ‘घुमौं मधेस, बुझौं मधेस’को प्रचार प्रसार गरिएको छ ।
पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो ।
माघ १० गतेदेखि जारी महोत्सवमा मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’का कार्यक्रम संयोजक विकास ठाकुरले बताएका छन् ।
संयोजक ठाकुरले भने, ‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा व्यक्त गर्नु भएको छ ।’
उनले भने, ‘मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनु भएको छ ।’
‘घुमौं मधेस, बुझौं मधेस’को स्टल नम्बर १ बाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रवाट जानकारी दिइएको छभने स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको संयोजक ठाकुरले बताए । चन्द्रपुर उघोग वाणिज्य संघका उदय सापकोटा सुरेनले स्टल व्यवस्थापन गरेका छन् ।
‘मधेसका बारेमा धेरै चासो व्यक्त गरेको देखिन्छ, धेरैले मदेश घुम्नु पर्नेमा जोड दिइरहेका छन् । यो हाम्रो लागि उपलब्धी हो ।’, सापकोटाले भने ।
मधेस प्रदेश सरकार, उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजारौं मानिसले अवलोकन गरेका छन् । आगुन्तकहरूलाई नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ ।
महोत्सवको उदघाटन नै मिथिलाको झिंझिया र थारू नृत्युवाट सुरू भएकाले पनि पोखराले मधेसलाई महत्व दिएको संयोजक ठाकुरले बताए । ‘पोखरा महोत्सवको उदघाटनवाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाई मधेसको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको बिशेष भूमिका रहनेसमेत जनाएका छन् । ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भूमिमा जानु पर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन् ।’
मुख्यमन्त्री पाण्डेले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन् ।
दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया