कृष्णनगरबाट ठूलो परिमाणमा चरेशसहित सरस्वती पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चरेश जस्तो देखिने १ किलो २५ ग्राम कालो पदार्थसहित महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं. २ ट्रान्समिटरबाट लागुऔषध चरेशसहित ३० वर्षीया सरस्वती बि.क.लाई पक्राउ गरिएको मंगलबार जारी प्रेस नोटमा उल्लेख छ ।
सोमबार प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुशील के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल हिँडेर जान लागेकी शान्तिलाई खानतलासी गर्ने क्रममा चरेश बरामद गरेको थियो ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ शीतलनगर घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बस्दै आएकी सरस्वती बि.क.लाई शंका लागेर चेकजाँच गर्दा झोलामा प्लाष्टिकमा राखेको लागुऔषध चरेश बरामद भएको थियो ।
सरस्वती बि.क.सँग लागुऔषध चरेश बरामद भएको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । लागुऔषध ओसारपसारको धन्दामा संलग्नको गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया