अनलाइन सट्टावाजी खेल्ने र खेलाउने दुई जना अपराध प्रहरीद्वारा पक्राउ

काठमाडौं । अनलाइन सट्टावाजी (जुवा) खेल्ने र खेलाउने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ ।
दुई करोड बराबरको अनलाइन सट्टावाजी गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ९ घर भइ हाल काठमाडौंको बाफलमा बस्दै आएका ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ घर भइ हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको अपराध प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न मोडलका मोबाइल, कम्युटर, एनसेल र एटीसीका सिमकार्डहरू, विभिन्न व्यक्तिको नाममा रहेको एटीएम कार्ड, डायरी, चेक बुक, ९० हजार नगद बरामद भएको छ ।
ब्याटिङ्ग एप्लिकेशनमार्फत विश्वभरि सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूअन्तर्गत मन्त्र १०८ नामक वेबसाइटमार्फत जुवा खेल्ने र खेलाउने गरी रकम संकलन, क्रिप्टो करेन्सी व्यापार लगायतका गैरकानूनी कार्यहरू भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएर प्रारम्भीक अनुसन्धान गर्दा विनान्स आईडी प्रयोग गरी हालसम्म २ करोड ४१ लाख ६ सय ३६ रुपियाँको कारोबार भएको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया