अछाममा दुई किशोरीको शव फेला
अछाम । बाख्रा चराउन गोठाला गएका दुई किशोरी अछाम जिल्लामा मृत भेटिएका छन् ।
शनिबार मृत भेटिनेमा ढकारी गाउँपालिका–८, पल्साताकी १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । उनीहरू शुक्रबार बाख्रा चराउन गएका थिए ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताएका छन् ।
उनले घटना निकै शंकास्पद देखिएको बताएका छन् । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ ।
किशोरीहरू माथिबाट खसेर मृत्यु भएको हो वा कसैले हत्या गरेको हो अनुसन्धानका क्रममा रहेको डीएसपी भण्डारीले बताए ।
उनीहरू कमलबजार विनायक नगरपालिका वडा नं. १० मा रहेको विद्याज्योति माध्यामिक विद्यालयमा कक्षा आठमा अध्ययनरत थिए ।
यता, सल्यानान भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका–२ निवासी मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उनी कालाभिरबाट लडेकी थिइन् । भिरबाट लडेकी चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया