कांग्रेसद्वारा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ३ सदस्य माग

काठमाडौं । नेपाली कांग्रेसले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा तीन वटा सदस्य पदमा दावी गरेको छ ।
समितिमा एमालेबाट मात्रै सदस्य छन् । कांग्रेसको तर्फबाट सदस्यहरू नियुक्ति गर्न बाँकी छ । कांग्रेस सभापति शेरबहादुर देउवासंग साे समितिमा कांग्रेसबाट नियुक्तिका लागि नियुक्ति गर्न माग गरिएको छ । सभापति देउवा पनि समितिमा कांग्रेसका सदस्यहरू नियुक्ति गर्नु पर्ने पक्षमा रहेकाे कांग्रेसका नेताहरूले बताएका छन् ।
समितिकाे अध्यक्ष पूर्वन्यायाधीश श्रीमणकुमार गौतम छन् । गौतमले समितिकाे उदेश्यअनुसार काम गर्न नसकेकाे आराेप लागेका बेला कांग्रेसले समितिमा ३ सदस्य माग गरेकाे छ । कांग्रेस र एमालेका सदस्यहरु समितिमा रहेमा मात्रै समितिले चेक एण्ड ब्यालेन्समा कार्यसम्पादन गर्न सक्ने अनुमान छ ।
सरकार नेपाली कांग्रेस र एमाले गठबन्धनकाे छ । समितिमा कांग्रेसलाई बाहिर राखेर एमालेका सदस्य मात्रै नियुक्ति गरेपछि कांग्रेसका नेताहरू असन्तुष्ट छन् । अध्यक्ष गौतमले पनि समितिमा साेंचेअनुसर काम गर्न सकेका छैनन् । गौतमले पूर्वाग्रही भएर काम गर्ने गरेकाे आराेप छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया