अपराध प्रहरीद्वारा दरबारमार्गबाट बिष्टलाई पक्राउ

काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा प्रहरीले ४९ वर्षीय शिवबहादुर बिष्टलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१४ घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत चितवनबाट नागरिकता सम्बन्धी कसुरमा पक्राउ अनुमति जारी भई फरार रहेका बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।
बिष्टलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
Published : Wednesday, 2025 January 22, 1:18 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया