महिलासहित धनुषा, ललितपुर र धादिङका तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहटको बृन्दावन नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपियाँ ठगी गरेका छन् । नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपियाँ ठगी गरेका छन् । नेहाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र विवाहलाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर
महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया