बैंककमा उपचार गराइरहेकी परराष्ट्रमन्त्री डा.राणाद्वारा विपिनकाे रिहाइका लागि इजिप्टका विदेशमन्त्रीसँग कुराकानी
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अतिसँग टेलिफोनमा कुरा गरेर विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।
सोमबार डा.राणाले डा.बदरसँग कुरा गरेर विगत १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कुटनीतिक पहल गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले पहिलो चरणमा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा.बदरमार्फत् इजिप्ट सरकारसँग आग्रह गरेकी छिन् ।
स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री डा.राणा बैंककमा छिन् । बैंककबाट परराष्ट्रमन्त्री डा.राणाले इजिप्टका मन्त्रीसँग फोनवार्ता कुरा गरेकी हुन् ।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि परराष्ट्रमन्त्री डा.राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।
इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया