कपिलवस्तुमा स्रोत नखुलेको १५ लाख ७० हजारसहित मिश्र पक्राउ
मायादेवी । कपिलवस्तु जिल्लामा प्रहरीले स्रोत नखुलेको करीव १६ लाख रुपियाँसहित ३० वर्षीय निरजकुमार मिश्रलाई पक्राउ गरेको छ ।
बिहीबार मायादेवी गाउँपालिका–६ बाट स्रोत नखुलेको १५ लाख ७० हजार रूपियाँसहित मिश्रलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । मिश्र मायादेवी गाउँपालिका वडा नं. ७ हर्नामपुर निवासी हुन् ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार मिश्रलाई नगदसहित पक्राउ गरेको थियो । रकम बरामद भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
डीआईजी दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि मातहतका १२ जिल्लामा अबैध गतिविधि, तस्करी नियन्त्रण लगायतमा कडाइ गरेका छन् ।
Published : Friday, 2025 January 17, 1:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया