युरोपको माल्टामा गौरीकुमार बरालको मृत्यु

काठमाडौं । युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले बताएका छन् ।

जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारत रहेका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए ।

मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।

Published : Saturday, 2025 January 11, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया