नेतालाई गाली गरेर मात्रै देशको विकास हुँदैन : मुख्यमन्त्री लामा
हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेतालाई गाली गरेर मात्र मुलुकको विकास नहुने बताएका छन् ।
बुधबार मकवानपुर उद्योग वाणिज्य संघको कार्यक्रममा लामाले नेपालको राजनीतिदेखि सबै क्षेत्रमा सुधार जरुरी रहेको बताए । उनले भने, ‘नेतालाई गाली गरेर मात्रै देशको विकास हुँदैन । सरकारले सुधार्नुपर्ने कुरा सुधारका लागि तयार छौं ।’
‘ठूलो कुरा गरेर मात्र हुँदैन, काम गर्नुपर्छ’, मुख्यमन्त्री लामाले भने, ‘सबै क्षेत्रमा रहेका व्यक्ति जिम्मेवार हुने हो भने मुलुकको विकास सम्भव छ ।’
उनले उद्योग क्षेत्र फस्टाएमा मात्र मुलुकमा रोजगारीको अवस्था सृजना हुनसक्ने बताए । नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको लामाले बताएका छन् ।
उनले उत्पादनमूलक उद्योगलाई राज्यले समेत सहयोग गर्नुपर्ने बताएका छन् । ‘प्रदेशमा लगानीमैत्री वातावरण बनाउन लागिपरेका छौं । लगानी प्राधिकरण बनाएर लगानी भित्राउने योजनामा छौं’, उनले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया