खरिद ऐनको प्रक्रिया पूरा गर्दा ९० दिन लगाउँछ : सांसद भट्टचन
काठमाडौं । एमालेका सांसद देवीप्रकाश भट्टचनले नेपाल वायु सेवा निगममा लगानी गर्न विदेशी कम्पनी नआउने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद भट्टचनले २५ अर्ब रूपियाँ स्वदेशमै जुटाउन सकिने बताए । उनले स्पष्ट योजनासहित स्वदेशी पुँजी परिचालन गर्न सकिने बताएका छन् ।
सांसद भट्टचनले भने, ‘निगमले चाहेजस्तो लगानी गर्न विदेशी कम्पनी लगानी गर्न आउँदैन, विदेशी लगानी ल्याउने कुरा समय बिताउने खेल मात्र हुन्छ ।’
‘नेपालका विभिन्न संस्था लाइफ इन्स्योरेन्सले यति एयरमा हालै मात्र १ अर्ब ८० करोड लगानी गरेका छन्’, उनले भने, ‘बीमा कम्पनीले मात्र २०/२५ अर्ब लगानी गर्न सक्छन् ध्यान दिनु होला ।’
सांसद भट्टचनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ल्याएको ऋणलाई इक्विटीमा परिणत गर्न सरकारले नीतिगत निर्णय गर्न सकिने समेत बताए ।
निगमलाई प्राइभेट पार्टनरसीपमा सञ्चालन गर्न सकिने उनले बताएका छन् । ‘निजी कम्पनीले हप्ता दिनमा आवश्यक पाटपुर्जा ल्याएर काम गर्छ, सरकारी कम्पनीले खरिद ऐनको प्रक्रिया पूरा गर्दा ९० दिन लगाउँछ । त्यसैले निगमलाई निजीकरण गर्नेतर्फ लाग्नुस्’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया