काठमाडौंका सीडीओ गृह मन्त्रालयमा तानिए, ७ जिल्लाका सीडीओ हेरफेर
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू को सुरुवा गरेको छ ।
सोमबार १२ सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौंका सीडीओ जयनारायण आचार्य गृह मन्त्रालय तानिएका छन् । सहसचिव ऋषिराम तिवारीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
मोरङका सीडीओ प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारी पनि मन्त्रालय तानिएका छन् ।
कैलालीका सीडीओ धर्मेद्रकुमार मिश्रको सुनसरीमा सरुवा भएको छ । कैलालीमा गोगनबहादुर हमाललाई सीडीओको जिम्मेवारी दिइएको छ ।
तुलसीबहादुर श्रेष्ठ सर्लाही, न्द्रदेव यादवलाई मोरङ, सर्लाहीका सीडीओ गोपालकुमार अधिकारीको झापा र दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको सरुवा सल्यानको सीडीओमा भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया