आठ वर्षीया विनिताको हत्या, नन्दे पक्राउ

बुढीगंगा । बाजुरा जिल्लामा ८ वर्षीया विनिता नेपालीको हत्या अभियोगमा ४८ वर्षीय नन्दे सनइलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडा बस्ने हर्क सनइकी छोरी विनिता नेपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नन्दे सनाइले धारिलो हतियार प्रहार गरी विनिता नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले नन्दे सनइलाई पक्राउ गरेको थियो ।

Published : Saturday, 2024 December 14, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया