दोलखामा हत्या गरेर फरार कमला १५ वर्षपछि काठमाडौंबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्तव्य ज्यान मुद्दामा फरार ४७ वर्षीया कमला गोले तामाङलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको दोषी ठहर भएकी तामाङ १५ वर्षदेखि फरार रहेकी थिइन् । दोलखा घर भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बस्दै आएकी तामाङलाई ब्यूरोको टोलीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालतले कमलाविरुद्ध २०७२ भदौ ११ गते १२ वर्षको कैद सजाय सुनाएको थियो ।
तामाङविरुद्ध २०६७ असोज २० गते दोलखामा आफ्नो घरमा बस्दै आएका वीरबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
000
“कर्तब्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ”
मिति २०६७/०६/२० गते, जिल्ला दोलखा साविक गैरीमुदी गा.बि.स. वडा नं. ३ स्थित आफ्नै घरमा बास बसेका विर बहादुर तमाङलाई प्रतिवादी कमला गोले तामाङले शरीरका बिभिन्न भागमा धारीलो खुकुरी प्रहार गरी कर्तब्य गरी मारेको भन्ने मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७२/०५/११ गतेको फैसलाले जिल्ला दोलखा साविक गैरीमुदी गा.बि.स. वडा नं. ३ को परिवर्तित ऐ. वैतेश्वर गा.पा. वडा नं. १ बस्ने बर्ष ४७ की प्रतिवादी कमला गोले तामाङलाई १२ बर्ष कैद हुने ठहर भएकोमा सो सजाय वेरुजू भई फरार रहेका निज प्रतिवादीलाई गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८१/०८/२० गते जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं. ४ बाट १५ बर्ष पछी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यहोरा सूचित गरिन्छ।
पक्राउ प्रतिवादीको विवरण :-
नाम:- कमला गोले तामाङ ।
उमेर:- ४७ बर्ष ।
वतन:- जिल्ला दोलखा साविक गैरीमुदी गा.बि.स. वडा नं. ३ को परिवर्तित वैतेश्वर गा.पा. वडा नं. १ ।
पक्राउ स्थान:- जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं. ४ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया