नायिका सुहाना थापा ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । स्व.गुरुप्रसाद मैनालीद्वारा लिखित अमर कृति ‘परालको आगो’मा नामक चलचित्र निर्माण हुने भएको छ ।
‘परालको आगो’ चलचित्रको अभिनेत्रीमा सुहाना थापा रहनेछिन् । सुहानाले चलचित्रमा गौथली चरित्रको अभिनयमा देखिनेछिन् । नायिका थापाले भनेकी छिन्, ‘परालको आगो चलचित्रमा गौथलीको रुपमा एक हिस्सा हुन पाउँदा म आफूुलाई निकै भाग्यमानी ठानेकी छु ।’
‘यो कथा निम्न वर्गीय विवाहित जोडीको पारिवारिक कथा हो, गौथली चरित्रले सिङ्गो विवाहित महिलाको प्रतिनिधित्व गर्नेछ’, नायिका सुहानाले भनेकी छिन् ।
‘परालको आगो’ करिव ४५ वर्ष पहिला श्यामश्वेत कलरमा चलचित्र निर्माण भएको थियो । जस्मा अभिनेत्री बसुन्धरा भुसालको अभिनय रहेको थियो ।
गौथलीको भूमिकामा आफूले काम गर्ने हिम्मत जुटाएको नायिका सुहानाले बताएकी छिन् । ‘परालको आगो’ चलचित्रका निर्माता सुशील पोखरेल हुन् । चलचित्रको निर्देशक लक्ष्मण सुनारले गर्नेछन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया