नायिका सुहाना थापा ‘परालको आगो’मा अनुबन्धित
काठमाडौं । स्व.गुरुप्रसाद मैनालीद्वारा लिखित अमर कृति ‘परालको आगो’मा नामक चलचित्र निर्माण हुने भएको छ ।
‘परालको आगो’ चलचित्रको अभिनेत्रीमा सुहाना थापा रहनेछिन् । सुहानाले चलचित्रमा गौथली चरित्रको अभिनयमा देखिनेछिन् । नायिका थापाले भनेकी छिन्, ‘परालको आगो चलचित्रमा गौथलीको रुपमा एक हिस्सा हुन पाउँदा म आफूुलाई निकै भाग्यमानी ठानेकी छु ।’
‘यो कथा निम्न वर्गीय विवाहित जोडीको पारिवारिक कथा हो, गौथली चरित्रले सिङ्गो विवाहित महिलाको प्रतिनिधित्व गर्नेछ’, नायिका सुहानाले भनेकी छिन् ।
‘परालको आगो’ करिव ४५ वर्ष पहिला श्यामश्वेत कलरमा चलचित्र निर्माण भएको थियो । जस्मा अभिनेत्री बसुन्धरा भुसालको अभिनय रहेको थियो ।
गौथलीको भूमिकामा आफूले काम गर्ने हिम्मत जुटाएको नायिका सुहानाले बताएकी छिन् । ‘परालको आगो’ चलचित्रका निर्माता सुशील पोखरेल हुन् । चलचित्रको निर्देशक लक्ष्मण सुनारले गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया