घरायसी विवादमा ढोरपाटनमा कुमारीको हत्या, तानसरा पक्राउ

ढोरपाटन । बाग्लुङ जिल्लामा घरायसी विवाद हुँदा ३२ वर्षीया कुमारी बि.क.को हत्या भएको छ ।
ढोरपाटन नगरपालिका–९ दुवाल बस्ने कुमारी बि.क.को हत्या भएको प्रहरीले जनाएको छ । कुमारी बि.क.को हत्या अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीया तानसरा बि.क.लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
घरयासी विवादको कारण तानसरा बि.क.ले दाउरा प्रहार गर्दा कुमारी बि.क.को घटनास्थलमै मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले तानसरा बि.क.लाई पक्राउ गरेको छ ।
Published : Tuesday, 2024 November 26, 9:06 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया