चीनबाट भित्रिएको दुई किलो सुनसहित कर्मा पक्राउ
कालिका । प्रहरीले रसुवा जिल्लामा दुई कलिो सुनसहित ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको छ ।
कालिका गाउँपालिका–१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित गोसाईकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको सुन फेला परेको थियो ।
रसुवा जिल्लाबाट पछिल्लो समय अबैध रुपमा सुन तस्बिर बढेको छ । बेलाबेला प्रहरीले मानिस र सुन बरामद गर्दै आएको छ । चीनबाट रसुवाको बाटो हुँदै सुन तस्करी भइरहेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया