सरकार गठबन्धनको छ, किसान मलखाद नपाएर हैरान परेशान छन् : कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले किसानहरू मलखादको अभावका कारण समस्यामा रहेको भन्दै चिन्ता जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व केन्द्रीय सदस्य शाहले किसानहरूलाई मलखाद सहज रुपमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । उनले गठबन्धनको सरकार रहेको भन्दै किसानको पीरमर्का र समस्या बुझ्नुपर्ने बताए ।
नेता शाहले भने, ‘कसलाई भनम मिलीजुली सरकार जो हो । तर, किसान मलखाद पाउनको लागि हैरान परेशान अवस्थामा छन् । सम्बन्धित निकायको ध्यान जाओस् ।’
नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार छ । सरकारले किसानका समस्याहरूमा ध्यान दिन नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेसकै नेता शाहले मलखादको समस्या र संकटका विषयमा कुरा उठाएका छन् ।
तराईका जिल्लाहरूमा गहुँ, तोली लगायतको खेतीका लागि मलखादको आवश्यक्ता परेको छ । किसानहरूले सहज रुपमा मलखाद पाइरहेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया