चर्चित संगीतकारको घरबार बिग्रियो, पत्नी सम्हाल्न सकेनन्
मुम्बई । भारतीय संगीतकार ए.आर. रहमानले २९ वर्षपछि पत्नी सायरा बानूसँग सम्बन्ध विच्छेद गर्न लागेका छन् ।
रहमान र बानूले वकिलमार्फत नोभेम्बर १९ तारिखमा विज्ञप्ति जारी गरेर सम्बन्ध बिच्छेद गर्न लागेको जनाएका छन् । उनीहरूले भावनात्मक तनावका कारण अलग हुन लागेको जनाएका छन् ।
रहमान र बानूबीच अप्ठ्याराहरू बढेर दूरी मेटिनै असम्भव भएपछि सम्बन्ध बिच्छेद गरिएको उनीहरूले जनाएका छन् ।
संगीतकार रहमानले मंगलबार एक्समार्फत पत्नी बानूसँग सम्बन्ध बिच्छेद गर्न लागेको जनाएका छन् । रहमानले लेखेका छन्, ‘हामीले बिहेको शानदार ३० वर्ष पार गर्ने आशा गरेका थियौं । यस्तो लागिरहेको छ कि सबै कुराको अदृश्य अन्त्य हुन्छ ।’
‘यहाँसम्म कि टुक्रिएको हृदयको बोझले भगवानको सिंहासन पनि हल्लिन्छ’, रहमानले लेखेका छन्, ‘तैपनि यस्तो विखण्डनमा हामी पनि हाम्रो अर्थ खोजिरहन्छौं, भलै टुक्राहरूले आफ्नो पुराना ठाउँ नपाउन् ।’
सायरा बानू र ए.आर. रहमानले सन् १९९५ मा विवाह गरेका थिए । यी दुईको एक छोरा र दुई छोरी छन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया