उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकको मयरमा कांग्रेसबाट डङ्गोलले पाए टिकट
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिको मेयर पदका लागि कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार ललितपुरमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले डङ्गोललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको सभापति ईन्द्रबहादुर बानियाँले बताएका छन् ।
मेयर पदका उम्मेदवार बनाइएको डङगोल नगर समिति सभापति हुन् । कीर्तिपुरको मेयरको उम्मेदवारका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको थियो ।
मेयरको उम्मेदवारका लागि डङ्गोलसहित बद्रीलाल महर्जन, हिमाल कार्की, जनुना नकर्मी (पूर्वमेयर राजकुमारकी श्रीमती), संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम बागमती प्रदेश कार्यसमितिमा सिफारिस भएको थियो । मेयरको टिकट पाएका डङ्गोल नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।
२०७९ वैशाखकको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर पदमा निर्वाचित राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया