स्रोत नखुलेको रकमसहित त्रिभुवन चौधरी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ५ लाखसहित ४८ वर्षीय त्रिभुवन चौधरीलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो अस्थायी प्रहरी पोस्ट महादेवपट्टीले चौधरीलाई ५ लाख नगदसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका चौधरीलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनलाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
चौधरी भारतको बिहार राज्यको मोतीहारी, थाना ढाका ग्राम पंचायत, फूलवरिया बस्ने देवनारायण चौधरीका छोरा हुन् ।
Published : Monday, 2024 October 28, 10:11 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया