लालझडीमा श्रीमान र श्रीमतीको शव घरको आँगनमा फेला
महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा श्रीमान र श्रीमतीको शव फेला परेको छ ।
लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताएका छन् ।
जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।
Published : Friday, 2024 October 25, 10:08 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया