दाङमा जुवा खेलिरहेका ५ जनाको समूह नगदसहित पक्राउ
घोराही । दाङको तुलसीपुरबाट पाँच जनालाई प्रहरीले जुवातास खेलेको अभियोगमा पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरस्थित शान्ति कर्मकोट सामुदायिक वनमा मंगलबार जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताएका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहनगरपालिका–२ का ३३ वर्षीय जीवराज रावत, घोराही–९ का ३७ वर्षीय केशव शाह, घोराही–१३ का ३० वर्षीय सूर्य बोहोरा, बंगलाचुली गाउँपालिका–३ का ३० वर्षीय केदार परियार र परिवर्तन गाउँपालिका–२, रोल्पाका २८ वर्षीय हिमाल वली छन् ।
उनीहरूको साथबाट ७० हजार १ सय १० रुपियाँ नगद पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2024 October 9, 10:04 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया