गोविन्दालाई घुँडामुनि गोली लाग्यो, अस्पताल भर्ना
मुम्बई । बलिउड अभिनेता गोविन्दालाई आफ्नै रिभल्भरको गोली लागेर घाइते भएका छन् ।
मंगलबार बिहान मुम्बइकाे जुहुस्थित घरमा लाइसेन्स प्राप्त आफ्नो रिभल्भर सफा गर्ने क्रममा खसेर पड्किएको थियो । रिभल्भर पड्किदा गोविन्दाको खुट्टामा गोली लागेको छ ।
गोविन्दाले कपाटमा रिभल्भर राख्दै थिए । भुइँमा खसेको सिन्हाले बताएका छन् । गोली गोविन्दाको घुँडामुनि लागेको छ । गोली लागेपछि गोविन्दाले आफ्नी श्रीमती र उनको प्रबन्धकलाई फोन गरेका थिए । लगत्तै प्रहरीले गोविन्दालाई नजिकैको क्रिटिकेयर अस्पताल पुर्याएको थियो । गोविन्दाको अवस्था स्थिर रहेको छ । गोविन्दा अस्पतालमा छन् । गोविन्दाकी छोरी टिनासँगै छिन् ।
गोली लागेपछि गोविन्दालाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अभिनेता गोविन्दाको अवस्था सामान्य छ ।
६० वर्षीय अभिनेता गोविन्दा शिव सेनाका नेता पनि हुन् । घटनाको समयमा घरमा एक्लै थिए । गोविन्दा घटना हुँदा कोलकाता जाने तयारीमा रहेको प्रबन्धक शशि सिन्हाले बताएका छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजा कोलकातामा छिन् । गोली लागेको खबर सुनेपछि सुनिता मुम्बई गएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया