सहकारी ठग देवकुमार र ओमबहादुर पक्राउ, एमालेका मेयर रविका पार्टनर निक्ले
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी)ले सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोगमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखरा एवम् सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका संचालकहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका देवकुमार नेपाली सञ्चालक समितिको उपाध्यक्ष रहेको सूर्यदर्शन सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पनि कारबही सिफारिसमा परेका छन् ।
सहकारी ठगका आरोपी देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका मेयर पनि हुन् । एमालेबाट उनले मेयरमा जितेका थिए ।लामिछाने पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गर्न व्यूरोलाई दवाव छ ।
सरिता तिमल्सेना (कँडेल) समेतको संयुक्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरू ईमेज वचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङका संचालक समितिका अध्यक्ष वर्ष ५१ को देवकुमार नेपाली समेत ८ जना प्रतिवादी रहेका थिए ।
सहकारी ऐन २०७४, अन्तर्गतको कसूरमा प्रतिवादीहरूलाई पक्राउ गर्न बाग्लुङ जिल्ला अदालतबाट मिति २०८०/०२/२४ गतेको पक्राउ अनुमति प्रहरीले लिएको थियो ।
ईमेज वचत ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष देवकुमार नेपालीको मिति २०८०/१०/१० गते रेड कर्नर नोटिस समेत जारी भएको थियो ।
ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको आइतबार व्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीहरूलाई थप अनुसन्धानको लागि मिति २०८१/०६/१३ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया