मेगास्टार चिरञ्जीवीको नाममा वर्ल्ड रेकर्ड
मुम्बई । भारतीय फिल्म अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा परेको छ ।
४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत चिरञ्जीवीले सम्मान पाएका हुन् ।
चिरञ्जीवीलाई अभिनेता आमिर खानले वर्ल्ड रेकर्डको अवार्डबाट सम्मान गरेका छन् । चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म ‘पुनाधिरल्लु’बाट शुरु गरेका थिए ।
बापूद्वारा निर्देशित ‘मन वुरी पाण्डाभुलु’ फिल्म चिरञ्जीवीको पहिलो रिलिज भएको थियो । उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ जस्ता हिट फिल्मबाट मुख्य भूमिका निभाउन थालेका थिए ।
सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले चिरञ्जीवीलाई सुपरस्टार बनाएको थियो । चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया