सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
पाठमाडौं । प्रहरीले पर्सा जिल्लाबाट एकजनालाई सामाजिक सञ्जालमा अराजकता फैलाएको अभियोगमा पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको
अभियोगमा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओमकुमार पटेललाई मंगलबार पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया