लमहीमा स्वर्गद्वारी गेस्ट हाउसमा प्रहरी छापा, २ भारतीय पक्राउ
मसुरिया । दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
५ सय २० मिलिग्रामसहित भारतको बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्रलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 September 10, 3:11 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया