काठमाडौंमा खुकुरी हानेर भागेका दुई जना गुण्डाहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जना गुण्डाहरूलाई पक्राउ गरेको छ ।
ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले संखुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँका ३० वर्षीय रिन्जी शेर्पालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई प्रहरीको टोलीले शनिबार काठमाडौंको पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूले शुक्रबार राति साढे १० बजेतिर काठमाडौं महानगरपालिका–२५ उग्रतार मन्दिर अगाडि रुकुमपूर्व जिल्लाको सिस्ने गाउँपालिका–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोप लागेको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया