प्रदीपमाथि गम्भीर प्रश्न उठेका बेला मल्लिकलाई दिइयो उडान सुरक्षाको जिम्मेवारी
काठमाडौं । निरन्तर ठूला ठूला हवाई दुर्घटना भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले ईञ्जिनियर प्रभाकर चन्द्र मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मा दिएको प्राधिकरणले जनाएको छ । यसअघि मल्लिक एयरवर्दी नेस महाशाखाको प्रमुख थिए ।
मल्लिकले कस्मिक एयर, सीता एयर, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रूपमा काम गरिसकेका छन् ।
प्राधिकरणको उडान सुरक्षा प्रमुखमा यसअघि मुकुल मिश्र थिए । मिश्र अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विभागीय प्रमुखमा सरूवा भएर गएका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नेतृत्व र क्षमतामाथि प्रतिनिधि सभा र विभिन्न संसदीय समितिहरू प्रश्न उठिरहेका बेला मल्लिकले नयाँ जिम्मेवारी पाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया