नेविसंघ प्यूठान-काठमाडौं सम्पर्क समितिद्वारा शहरी विकासमन्त्री राेज राणालाई सम्मान
काठमाडौं । नेपाल विद्यार्थी संघ प्यूठान–काठमाडौं सम्पर्क समितिले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणालाई बधाईका साथै सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिले मन्त्री राणालाई सम्मानपत्र, खादामालासहित बधाई दिएको हो । नेविसंघका नेता कार्यकर्ताहरूले मन्त्री राणालाई बधाइ दिएका थिए । नेविसंघका नेता कार्यकर्ताहरू झण्डै ३० वर्षपछि प्यूठानमा नेपाली कांग्रेसको तर्फबाट राणाले विजयी हासिल गरेर मन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष लवकुमार गतराजको अध्यक्षता तथा सचिव कवितारमण पुरीले सञ्चालन गरेको कार्यक्रममा मन्त्री राणालाई प्यूठान जिल्लाका साथै लुम्बिनीका १२ जिल्लाका जनताको माग सम्बोधन गर्न सुझाव दिइएको थियो ।
शहरी विकास तथा खानेपानीमन्त्री राणाले प्यूठानका जनताको इच्छाअनुसार काम गर्ने बताए । उनले लुम्बिनी प्रदेशका १२ जिल्लाको विकासमा पनि आफूले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता खिमानसिंह रायमाझी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्यूठान जिल्लाबाट काठमाडौं उपत्यकामा आएर अध्ययनरत विद्यार्थीको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया