त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा कोकिन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ६ किलो २४ ग्राम कोकिन सहित एकजनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित लातविजास नागरिक इवास वाल्टर्सलाई बुधबार बिहान लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको कोकिन फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2024 August 8, 10:22 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया