बिन्दवासिनी मन्दिर नजिकै लुटपाट, नाइके धनबहादुर पक्राउ

काठमाडौं । खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुरको पदमपोखरी घर भएका ५२ वर्षीय धनबहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
नागर्जुन नगरपालिका–७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा ३ जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई पक्राउ गरेको हो ।
उनको साथबाट सुनको औठी ४ थान, सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट २ थान, कानमा लगाउने सुनको रिङ २ थान, सुनको सिक्रीको टुक्रा १ थान, चाँदीको ब्रासलेट १ थान, खुकुरी २ थान र नगद १३ हजार ४ सय रूपियाँ समेत प्रहरीले बरामद गरेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया