तीज गीत ‘बिजुली चमक्क’ रिलिज
काठमाडौं । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस वर्षको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ ।
वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ ।
डान्सिङ शैलीमा तयार गीत सुरुको समयदेखि नै चर्चामा रहन सफल छ । गीत सार्वजनिक भएको २४ घण्टामा १ लाख ७४ हजार बढी भिउज पाएको छ ।
मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीको नृत्य रहेको छ । फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् ।
भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।
Published : Tuesday, 2024 July 16, 7:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया