कालीमाटीबाट दीपक चलाउने रिभल्बरसहित पक्राउ

कालीमाटी । प्रहरीले सल्यानबाट दीपक चलाउनेलाई रिभल्बरसहितका पक्राउ गरेको छ ।

कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर बस्ने दीपक चलाउनेको घर नजिकै ढुङ्गाको चेपबाट १ थान रिभल्बर शनिबार दिउँसो प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दीपक चलाउनेले शुक्रबार आफ्नै छोरालाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरीको टोली खटिएको थियो ।

प्रहरीले दीपक चलाउनेको साथबाट १ थान रड, २ थान खुकुरी र १ थान खुर्पा पनि बरामद गरेको छ ।

पक्राउ परेका दीपक चलाउनेमाथि थप अनुसन्धान गर्ने क्रममा घर नजिकै ढुङ्गाको चेपमा लुकाई राखेको अवस्थामा रिभल्बर प्रहरीले बरामद गरेको छ ।

Published : Sunday, 2024 June 9, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया