अनैतिक क्रियाकलापमा संलग्न नरेश र गीता होटलबाट पक्राउ

धनगढी । अनैतिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा प्रहरीले कैलालीबाट ३३ वर्षीय नरेश ऐर र वर्ष २५ की गीता केसीलाई पक्राउ गरेको छ ।

जेठ २५ गते राति साढे आठ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नं. २ मिलनचोकस्थित रारा होटलमा छापामारेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

होटलमा शंका लागेर चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न होटलका मालिक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने नरेश र डडेल्धुराको अमरगढी नगरपालिका बस्ने गीता केसीलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ ।

Published : Saturday, 2024 June 8, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया