सेनाका अमलदारद्वारा तुलसीपुरमा श्रीमतीको हत्या
घोराही । नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका छन् ।
दाङको तुलसीपुर उप–हानगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने शालिकरामले टीकालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।
शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी केसीले बताए । हत्याको कारण खुल्न सकेको छैन । अनुसन्धानपछि थप जानकारी दिने एसपी केसीले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान करीव सवा ८ बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेको बताएका छन् ।
Published : Friday, 2024 June 7, 11:01 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया