बलिउड अभिनेत्री एवम् सांसद कंगनाले कुटाइ खाइन्

नयाँ दिल्ली । बलिउड अभिनेत्री समेत रहेकी भारतीय जनता पार्टीकी सांसद कंगना रनौतले चण्डीगढ विमानस्थलमा कुटाइ खाएकी छिन् ।
बिहीबार कंगनालाई केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) महिला जवान कुलविन्दर कौरले विमानस्थलमा झापड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पिट्ने महिलाविरुद्ध कंगनाले प्रहरीमा उजुरी दिएकी छिन् ।
कंगनाले किसान आन्दोलनमा महिलाबारे विवादित वक्तव्य दिएकी थिइन् । सोही वक्तव्यका कारण कुलविन्दर कौरले कंगनालाई झापड हानेको जनाइएको छ ।
अभिनेत्री समेत रहेकी सांसद कंगनालाई झापड हानेको अभियोगमा प्रहरीले कुलविन्दर कौरलाई हिरासतमा लिएको छ ।
कंगना चन्डीगढबाट दिल्ली जान तयार थिइन् । सुरक्षा जाँचका क्रममा सीआईएसएफकी महिला जवान कुलविन्दर कौरले झापड हानेकी थिइन् । कंगना नयाँदिल्ली प्रस्थान गरिसकेकी छिन् ।
कंगनाले हालै भएको लोकसभा निर्वाचनमा ५ लाख ३७ हजार २२ भोटसहित विजयी भएकी हुन् । कंगनाका प्रतिस्पर्धी विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया