बलिउड अभिनेत्री कंगना भारतको संसदीय चुनावमा विजयी

नयाँ दिल्ली । भारतको लोकसभा चुनाव अर्थात संसदीय चुनावमा बलिउड अभिनेत्री कंगना रनौत विजयी भएकी छिन् ।

कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टी (भाजपा)बाट प्रतिस्पर्धा गरेकी थिइन् । उनी पहिलो पटक चुनावमा प्रतिस्पर्धा गरेकी हुन् ।

उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा चुनावमा कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहलाई हराएकी छिन् ।

विक्रमादित्य सिंह कांग्रेसका नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन् ।

कंगनाले ५ लाख २७ हजार ४६३ मत ल्याएकी छिन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याएका छन् ।

Published : Tuesday, 2024 June 4, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया