कैलाश सिरोहिया गिरफ्तारबारे प्रधानमन्त्री दाहालले दिए प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेको बताएका छन् ।

बुधबार काठमाडौंको चन्द्रागिरीमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको बताए ।

‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, उनले भने ।

सरकारले रिसइबी साध्यो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ’

दाहालले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

Published : Wednesday, 2024 May 22, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया