प्रतिशोधविरुद्ध प्रेस ऐक्यबद्धता, सहकारीपीडितको पक्षमा आवाज उठाउँदा कान्तिपुरले मूल्य चुकायो
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेकै इसारामा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सञ्चारमाध्यमहरूले प्रेस ऐक्यबद्धता जनाएका छन् ।
मिडिया अलायन्स नेपाल र मिडिया सोसाइटीमा आबद्ध दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै तथ्य डग्दैन, कलम झुक्दैन भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् ।
विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरूले बुधबार प्रेस ऐक्यबद्धता जनाएका छन् ।
दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै अध्यक्ष सिरोहिया पक्राउ घटनालाई प्रमुखताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, आर्थिक अभियान दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिकलगायतका पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाउने सामग्री छापिएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको कार्यकक्षमा प्रवेश गरेका थिए ।
मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपियाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो ।
लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया