घिमिरेले एमालेको इशारामा बैठक चलाएको कांग्रेसको ठहर, पदीय गरिमा विपरितको हर्कत्
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा देखा परेको दृश्यलाई सभामुखको पदीय गरिमा अनुकूल नरहेको जनाएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको आकस्मिक संसदीय दलको बैठकले सभामुख कुनै एक दलको इशारामा सञ्चालन भएको भन्दै चिन्ता जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आज प्रतिनिधि सभामा देखा परेको दृश्यले सम्माननीय सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको यो बैठक ठहर गर्दछ ।’
‘संघीय संसदको सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्दछ’, कांग्रेसले भनेको छ ।
‘तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई संसदीय मूल्य, मान्यता र परम्परा जोगाउने तर्फ काम गर्न गम्भीर रुपले ध्यानाकर्षण गर्दछ’, प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेबाट सभामुख बनेका देवराज घिमिरेले एमालेका अध्यक्ष केपी ओलीको आदेश र निर्देशनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जबरजस्ती पेलेर अगाडि बढेका छन् । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दललाई यसरी पेलेर बैठक सञ्चालन हुँदैन ।
संसदीय व्यवस्थामा सरकार सत्तारुढ दलको हुन्छ । संसद प्रमुख प्रतिपक्षको हुन्छ । सरकारलाई सहि बाटोमा हिँडाउने संसदलाई सभामुख घिमिरेले एमालेको कार्यकर्ता बनेर चलाएपछि विरोधहरू भइरहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया