महिलासँगको विवादका कारण प्रहरी जवान घिमिरेको हत्या, अनुसन्धानमा के के भेटियो ?

काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु बस्ने खोटाङको मजुवागढी नगरपालिका–१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

हत्या अभियोगमा पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाइ बस्दै आएका भक्तपुरको चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटको दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जाको आँधीखोला घर भएकी २१ वर्षीया विपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा प्रहरी जवान घिमिरेको शव फेला परेपश्चात प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो ।

ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका–११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याइदिने बहानामा घटनास्थलमा लगेर अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी जवानको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ

मिति २०८१ ।०२।०४ गते जिल्ला काठमाण्डौ तारकेश्चर नगरपालिका वडा नं-०९ मनमैजु बासुकी नाग टोल स्थित जोनस भन्ने दामोदर खत्रीको २ तले निर्माणाधिन घरको भुई तल्लाको प्यासेजमा एक अपरिचित पुरुषको शव रहेको खबर कन्ट्रोल रुममा प्राप्त भए पश्चात तत्काल जिल्ला प्रहरी परिसर काठमाडौबाट खटिएको बिशेष प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको ।

प्रहरी अनुसन्धान

प्रारम्भिक अनुसन्धानमा हत्या भएका ब्यक्ति प्र.ज. युवराज घिमिरे भएको भन्ने पहिचान खुलेपश्चात सो दिनको ड्युटी तालिका अनुसार निजको ड्युटी स्थान छोडी घरतर्फ जाने बाटोको CCTV फुटेजको विश्लेषण ।

• उपलब्ध प्राविधिक पक्षहरुको विश्लेषण ।

• शंकित ब्यक्तिहरुको पहिचानको लागि प्राविधिक स्रोत साधन तथा Human Intelligence को प्रयोग ।

• बिगतमा चोरी, लुटपाट, कुटपिट, केही सार्वजनिक अपराध लगायतको अपराधहरुमा संलग्न विभिन्न व्यक्तिहरुलाई शंकाको घेरामा राखी सोधपुछ ।

• सो स्थान वरपर बस्ने स्थानीय, मिस्त्रि, ज्यामी काम गर्ने कामदार लगायतका व्यक्तिहरुदलाइ सोधपुछ ।

मृतक

• जिल्ला खोटाङ मजुवागढी न.पा वडा नं ०१ घर भइ हाल का.जि.टो.न.पा-१० गोगंबु गणेशथान बस्ने बर्ष ३२ को नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरे ।

अनुसन्धानको क्रममा बिभिन्न भौतिक तथा प्राविधिक पक्षहरुको बिश्लेषण पश्चात प्र.ज. युवराज घिमिरेको हत्यामा संलग्न निम्न ब्यक्तिहरुलाई का.जि.का.म.न.पा-१६ स्थित अस्ट नारायण हल पछाडी र २२ धारा जङलबाट भाग्न उम्कन लागेको अवस्थामा पक्राउ गरिएको ।

निम्न:

क) पक्राउ परेका मानिसहरु :-

१. जिल्ला भक्तपुर चाँगुनारायण-०१ घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष २१ को आईते भन्ने सचिन परियार ।

२. जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा वडा नं घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष १८ की अन्जली श्रेष्ठ ।

३. जिल्ला स्याङ्जा आधिँखोला गा.पा-०३ बिजारीचौतारी घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष २१ की बिपना/बसन्ति भन्ने बसुन्धारा कार्की ।

४. जिल्ला स्याङ्जा आधिँखोला गा.पा-०३ बिजारीचौतारी घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष ५६ की नुनमाया कार्की ।

५. जिल्ला नुवाकोट ताती गा.पा-०४ ओखरे घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष २१ को बुद्द लामा तामाङ ।

६. जिल्ला सिन्धुपाल्चोक ईन्द्रावति गा.पा-०१ घर भई हाल बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष ३० को दोर्जे भन्ने अमृत तामाङ ।

७. जिल्ला उदयपुर घर भइ हाल तार्केश्वर -०९ तथा बालाजु, जरंखु, मनमैजु लगायत स्थानहरुमा सडक पेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने बर्ष १३ को नाबालक ।

ख) बरामद दशी:-

घटनामा प्रयोग भएको हातहतियार

• नक्लस् थान -१

• रड थान -३

•हेल्मेट थान – १

• ईट्टा /ढुङ्गाहरु

•कपडाहरु

Published : Sunday, 2024 May 19, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया