देउखुरीमा १७ वर्षीया किशोरीलाई करणी

लमही । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङको देउखुरीमा एकजनालाई पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यादवले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले यादव पक्राउ गरेको हो ।

Published : Monday, 2024 May 13, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया