सहकारी ठगका आरोपी गृहमन्त्रीबारे प्रधानमन्त्रीद्वारा कांग्रेससँग परामर्श, सकारात्मक छलफल

काठमाडौं । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग राखेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परामर्श गरेका छन् ।
बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गरेका हुन् ।
संसदको गतिरोध खुलाउने विषयमा दाहालसँगको छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै लेखकले कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल सकारात्मक भएको बताएका छन् ।
‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ’, नेता लेखकले भने । संसद् खुलाउने वा नखुलाउने विषय सरकार र सत्तापक्षमा भरपर्ने लेखकले बताएका छन् ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।
प्रधानमन्त्री दाहालले छलफलका लागि सभापति देउवालाई बोलाएका थिए । सभापति देउवाले प्रधानमन्त्री दाहालसँगको छलफलका लागि उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, कांग्रेसको तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक लेखकलाई साथमा लिएर गएका थिए ।
कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले माग पूरा गराउन संसदमा अवरोध गर्दै आएको छ ।
जेठ १ गते आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले संसदको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूसँग छलफल गरेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया